काठमाडौं । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं. दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
बैंकले प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ अविलम्ब उपलब्ध गराइने साथै बाँकी रहेको १५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहॊस