कोरोना रोकथाम कोषमा नेपाल एसबिआई बैंकको १ करोड सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा  १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं. दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैयाँको चेक हस्तान्तरण  गरे ।

बैंकले प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ अविलम्ब उपलब्ध गराइने साथै बाँकी रहेको १५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

टोयोटा गाडी खरिद गर्न गरिमा विकास बैंकले आधार दरमा नै कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ …

प्रतिकृया दिनुहॊस