कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ६ सय ६२ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ६ सय ६२ पुगेको छ  भने २० लाख ९६  हजार ५ सय ७३ जना हाल सङ्क्रमित रहेका छन् ।

त्यसैगरि, ५ लाख २३ हजार ३ सय ३२ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका , इटली, स्पेन  र फ्रान्स छ ।

अमेरिकामा हालसम्म २८ हजार ५ सय ५४ जनाको, इटालीमा २१ हजार ६ सय ४५ जनाको,  स्पेनमा १९ हजार १ सय ३० जनाको र फ्रान्समा १७ हजार १ सय ६७ जनाको मृत्यु भएको छ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म १२ हजार ४ सय ५६ कोरोना सङ्क्रमित  छन् भने ४ सय २३ जनाको मृत्यु भएको छ।

नेपाल हालसम्म १६ जना   कोरोना  सङ्क्रमित फेला परेकोमा १ जना  उपचारपछि घर  फर्किएका छन् भने  १५ उपचारत  छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस