काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ६ सय ६२ पुगेको छ भने २० लाख ९६ हजार ५ सय ७३ जना हाल सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ५ लाख २३ हजार ३ सय ३२ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म २८ हजार ५ सय ५४ जनाको, इटालीमा २१ हजार ६ सय ४५ जनाको, स्पेनमा १९ हजार १ सय ३० जनाको र फ्रान्समा १७ हजार १ सय ६७ जनाको मृत्यु भएको छ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १२ हजार ४ सय ५६ कोरोना सङ्क्रमित छन् भने ४ सय २३ जनाको मृत्यु भएको छ।
नेपाल हालसम्म १६ जना कोरोना सङ्क्रमित फेला परेकोमा १ जना उपचारपछि घर फर्किएका छन् भने १५ उपचारत छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।
प्रतिकृया दिनुहॊस