इटालीबाट आएकी काठमाडौंकी एक महिलाको र्‍यापिड टेस्ट रिपोर्ट ‘पोजेभिट’

काठमाडौं । एक महिनाअघि इटालीबाट स्वदेश फर्किएकी काठमाडौंकी एक महिलाको र्‍यापिड डाइग्नस्टिक टेस्ट रिपोर्ट पोजिटिभ देखिएको छ ।

चैत ४ गते इटालीबाट आएकी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ की ती महिलाको र्‍यापिड टेस्टमा पोजेभिट देखिएको वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

हिजो (बुधबार) गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ आएको र पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको सापकोटाले जानकारी दिए । आज रिपोर्ट आएपछि नगरपालिकाले यस विषयमा थप जानकारी सपकोटाले बताएका छन् ।

नेपाल फर्केदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनी एक्लै रहेको जनाइएको छ । थप किट आएपछि उनीसँग सम्पर्कमा भएकाहरुको पनि र्‍यापिड टेस्टको तयारी भइरहेको वडाध्यक्ष सापकोटाले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस