कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९९ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या १ लाख १५ हजार ९९ पुगेको छ भने  १८ लाख ६४ हजार ५ सय ५५ जना हाल सङ्क्रमित रहेका छन् । त्यसैगरि, ४ लाख ३३ हजार  ८ सय २३ जना निको भएका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका , इटली, स्पेन  र फ्रान्स छ । अमेरिकामा हालसम्म २२ हजार १ सय १५   जनाको, इटालीमा १९ हजार ८ सय ९९ जनाको,  स्पेनमा १७ हजार ४ सय ८९  जनाको र फ्रान्समा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ।

त्यसैगरि,  छिमिकी मुलुक भारतमा  हालसम्म ९ हजार २ सय ४० कोरोना सङ्क्रमित  छन् भने ३ सय ३१ जनाको मृत्यु भएको छ।

नेपाल हालसम्म १४ जना   कोरोना  सङ्क्रमित फेला परेकोमा १ जना  उपचारपछि घर  फर्किएका छन् भने  १३ उपचारत  छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री