काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३०८ पुगेको हो ।
त्यस्तै भारतमा अहिलेसम्म ९ हजार १५२ जना संक्रमित भएका छन् भने ८५६ जना उपचारपछि ठिक भएका छन् ।
भारतको महाराष्ट्र राज्यमा सबै भन्दा बढी १७ सय ६१ जना संक्रमित भएका छन् भने नयाँ दिल्लीमा एक हजार ६९ जना संक्रमित भएका छन् ।
तपाईंको प्रतिकृया




