स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै बैंकिङ सेवा संचालन गरिरहेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माणलगायत क्षेत्र बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिएअनुसार सतर्कताका विधिहरू अपनाई सेवालाई निरन्तरता दिएको जनाएको छ ।

बैंकले ग्राहक तथा कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हालसम्म ५० भन्दा बढी शाखा कार्यालय, कुल ४६१ एटीएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट सेवा दिइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप