भारतमा एकैदिन थपिए हजार संक्रमित, मृतकको संख्या २४२ पुग्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कारण भाइरसका कारण भारतमा २ सय ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ७ हजार ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै एक हजार बढी व्यक्तिमा संक्रमण भेटिएको हो ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार राजधानी दिल्लीमा बितेका २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ, जुन एकैदिन दिल्लीमा भएको उच्च मृत्यु संख्या हो । पछिल्लो २४ घण्टामा १६६ वटा नयाँ संक्रमण पुष्टि भएको दिल्लीमा हालसम्म १ हजार ६९ जनामा संक्रमण भेटिएको छ ।

शनिबार साँझसम्म १ लाख ६४ हजार ७ सय ७३ जना मानिसको १ लाख ७९ हजार ३ सय ७४ वटा नमुनाको कोरोना परीक्षण गरेको भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्चले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन …

प्रतिकृया दिनुहॊस