विमान दुर्घटनाअघि एयर ट्राफिक र पाइलटबीच भएकाे कुराकानी (अडियोसहित)

काठमाडौं । साेमवार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए । अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भएपनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएकाे एयरपाेर्ट सुत्रले वताएकाे छ ।

अडियाेमा  ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउनु भनेका छन् तर चालकले उत्तरतिरबाट अवतरण गराउछु भनेका छन्’  ।  कुराकानीमा पटक-पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएकाे सुन्न सकिन्छ अडियाेमा ।

३३ नेपालीसहित ७१ जना रहेकाे साे विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएकाे थियाे । विमान नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस