काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आगामी वैशाख र जेठमा सञ्चालन गर्ने भनिएका सबै परीक्षाहरु स्थगित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बसेको बैठकले वैशाख र जेठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि बैशाख र जेठका सबै परीक्षाहरु स्थगित गरेको हो ।
प्रतिकृया दिनुहॊस