सानिमा बैंकका ग्राहकलाई दराज क्येमू अनलाइनबाट सामान किन्दा छुट

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज क्येमूबीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

दराज अनलाइनमा उल्लेख गरिएकोे र विगमार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गर्न छुट पाइने भएको हो ।

सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५ सय सम्मको छुट पाइने बताइएको छ ।

यसका साथै १५ सय भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले २६ गतेसम्म दराज वेव÷एप्समार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस