सानिमा बैंकका ग्राहकलाई दराज क्येमू अनलाइनबाट सामान किन्दा छुट

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज क्येमूबीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

दराज अनलाइनमा उल्लेख गरिएकोे र विगमार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गर्न छुट पाइने भएको हो ।

सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५ सय सम्मको छुट पाइने बताइएको छ ।

यसका साथै १५ सय भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले २६ गतेसम्म दराज वेव÷एप्समार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री