कोरोना प्रकोप : विश्वभर ५२ हजार बढीको मृत्यु, संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे संख्या ५२ हजार नाघको छ भने संक्रमितको संख्या १० लाखभन्दा माथि पुगेको छ ।

अमेरिकास्थित जन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । यसैगरी विश्वभर १० लाख २ हजार २ सय ८५ संक्रमित भएका छन् ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।

मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागमती मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित …

प्रतिकृया दिनुहॊस