राष्ट्रिय वाणिज्य बैंकले दियो कोरोना रोकथामकाे लागि एक करोड ५० लाख

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले  कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि  एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

कोरोनाको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले निर्धारण गरेको कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गरिने भएको हो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस