काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
बैंकले सरकारले कोरोना संक्रमण फैलिन नदिन देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने श्रमिकलाई राहत पुग्ने उद्देश्यले उक्त सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हाे ।
बैंकले प्रदान गरेको उक्त सहयोगले श्रमिकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
प्रतिकृया दिनुहॊस