बागलुङकी कोरोना संक्रमित युवतीका परिवारको नतिजा नेगेटिभ

काठमाडौं । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो । परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ । संक्रमित युवतीको स्वास्थावस्था सामान्य रहेको समेत उनले जानकारी दिएका छन् । ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री