काठमाडौं । महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे संख्या ४२ हजार १ सय ४६ पुगेको छ भने ८ लाख ५८ हजार ३ सय ७७ जना हाल सङ्क्रमित रहेका छन् ।
सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश इटली, स्पेन र अमेरिका छ।
इटालीमा हाल सम्म १२ हजार ४ सय २८ जनाको, स्पेनमा ८ हजार ४ सय ६४जनाको ,अमेरिकामा ३ हजार ८ सय ८९ जनाको र फ्रान्समा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ।
हालसम्म नेपालमा ५ जना कोरोना भाइरस सङ्क्रमित भेटिएकामा ४ जनाको उपचार भईरहेको छ भने १ जना निको भएर घर गएका छन् ।
प्रतिकृया दिनुहॊस