काठमाडौं । सनराईज बैंकले सुरक्षामा खटिने नेपाल प्रहरीको व्यक्ति गत सुरक्षाको लागि ६५ थान पिपिई (Personal Protective Equipment ) हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबिच उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त सामाग्री सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
तपाईंको प्रतिकृया




