सन्दिप लामिछानेले कोरोना कोषलाई १ लाख दिने

काठमाडौं ।  नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले सरकारको कोरोना कोषलाई १ लाख दिने भएका छन् । उनले ट्विट गर्दै कोरोना कोषमा १ लाख दिने घोषणा गरेका हुन् ।

‘सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु । यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न,’ ट्विटमा सन्दिपले भनेका छन् । उनले सबैलाई यो समयमा सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

यसअघि गायक प्रकाश सपूतले पनि कोरोना कोषमा २ लाख दिने घोषणा गरेका थिए । सरकारले कोरोनाविरूद्द सामुहिक रूपमा लड्नको लागि कोरोना कोष स्थापना गरेको छ। जसमा मन्त्रीहरूले समेत एक महिनाको तलब दिने घोषणा गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य