यूएईमा एक नेपाली कोठामै मृत भेटिए

एजेन्सी ।  यूएईमा एक नेपाली कोठामै मृत  भेटिएका छन् ।बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत बेलकोटगढी -१२, नुवाकोटका हरिशरण डोटेल गएको आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए ।

३७ वर्षीय हरिशरणको नेपालमा परिवारसँग पनि राम्रो सम्बन्ध रहेको परिवारको दावी छ ।

हरिशरणको मृत्युको पुष्टि भए पनि उनको  मृत्यु के कारणले भएको हो,   अनुसन्धान जारी रहेकोले यसै भन्न नसकिने नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य