काठमाडौं । नेपाल आयल निगमले अब आधा सिलिन्डर ग्यास मात्र भरेर बजारमा पठाउने भएको छ ।
अहिले कोरोना भाइरसको सन्त्रासका कारण बजारमा ग्यासको माग उच्च भएकोले सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारी अधिकारीको भनाई रहेको छ ।
पहिले एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन् थियो भने अब आधा सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
तपाईंको प्रतिकृया



