लकडाउनमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु पक्राउ

वीरगञ्ज । लकडाउन उल्लंघन गरेर सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट भरतपुर-हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको

खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई लरीमा चढाएको यात्रुहरुले बताएका छन्।

खाली कन्टेनर भित्र काठमाडौं, भरतपुर, हेटौडाबाट  यात्रुहरु चढेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री