कोरोना संक्रमणको आशंकामा तीन बालक कान्ति बाल अस्पतालमा भर्ना

काठमाडौं । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् । तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको हो ।

आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबइबाट फर्किएका र सोमबार भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएको बताइएको छ । त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको रहेछ अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस