बुटवलमा ४० बेडको आइसोलेसन तयार , ५ जनाको रिर्पोट ‘नेगेटिभ’

रुपन्देही । बुटवलमा ४० बेड क्षमताको कोरोना विशेष आइसोलेसन अस्पताल तयार भएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा बुटवलको धागो कारखाना भवनमा अस्थायी अस्पताल तयार गरिएको हो ।

भेन्टिलेटर सुविधासहित २ कोठामा ४० बेड तयार भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना उपचार फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए ।

अस्पतालबाहिर नेपाली सेनाले निर्माण गरेको टेण्टमा पनि बेडहरु राखिएका छन् । अस्थायी आइसोलेसन अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक र प्राविधिकसहित १५ जना स्वास्थ्यकर्मी खटाइने मेडिकल सुपरीटेण्डेण्ट डाक्टर राजेन्द्र खनालले बताए ।

अस्पताल बनाउन नेपाली सेना र नेपाल प्रहरीले तीन दिन श्रमदान गरेका थिए । यसैबीच प्रादेशिक अस्पताल बुटवलबाट कोरोना संक्रमणको आशंकामा काठमाण्डौको टेकु अस्पतालमा नमुना परीक्षणका लागि पठाइएका पाँच जनाको रिर्पोट ‘नेगेटिभ’ आएको अस्पतालले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य