सुनको भाउ बढ्यो

काठमाडाैँ । नेपाली बजारमा आइतबारको तुलनामा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको ७७ हजार रुपैयाँ रहेको छ। आइतबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ तोला थियो।

सुन गएको ६ दिन यताकै महंगो भएको हो। चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री