लक्ष्मी उन्नती कोषको निष्काशन स्थगित

काठमाडाैँ । लक्ष्मी उन्नती कोषको निष्काशन स्थगित गरिएको छ। आज देखि निष्काशन तथा बिक्री खुला  गर्नै तयारी गरेको यस योजनाको इकाइ स्थगित गरीएको हो ।

अर्काे सुचना जारी नहुदाँ सम्मका लागी निष्काशन तथा बिक्री स्थगित गरीएको कम्पनीले जनाएको  छ । लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्ड १ सञ्चालन गरिरहेको लक्ष्मी क्यापिटलले अर्को योजना अन्तर्गत लक्ष्मी उन्नती कोषको निष्काशन गर्न तयारी गरेको थियो।

कम्पनीले यो योजना अन्तर्गत ८० करोड रुपैयाँ बराबरको यस सामुहिक लगानी कोषको ८ करोड इकाई सर्वसाधारणमा बिक्री गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य