बाँस्कोटको घरमा विस्फोट गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीका  लक्ष्मण सेठी, अमृत कुमाल र  कालिकोटका टेक लोहार (भिसेक गिरी) छन् । उनीहरुलाई रानीबारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । विस्फोटकै दिन देवीबहादुर गुरुङ पक्राउ परेका थिए । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस