एफएको आपतकालिन बैठक, प्रिमियर लिगका खेल बन्द रंगशालामा खेलाइने सम्भावना

काठमाडौं ।  इंग्लीश प्रिमियर लिग फुटबलका बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने तयारी गरिएको छ । इंग्लीश फुटबल संघ (एफए) ले प्रिमियर लिगका बाँकी खेलहरु बन्द रंगशालामा खेलाउने विकल्पमाथि छलफल गरिरहेको छ ।

यस विषयमा छलफल गर्न एफएले आज भिडियो कन्फरेन्समार्फत बैठक गर्दैछ । उक्त बैठकबाट ठोस निर्णय आउनेमा भने एफएकै सदस्यहरुले विश्वास गरेका छ्रैनन् । कोरोना संक्रमणको पछिल्लो अवस्था र बेलायती फुटबलमा यसले पार्नसक्ने समग्र प्रभावबारे आजको बैठकमा छलफल हुनेछ ।

अप्रिल तीन तारिखसम्म स्थगित गरिएको प्रिमियर लिगका बाँकी ९२ खेल बन्द रंगशालामा खेलाउने योजना एफएको छ । धेरै खेलहरु तथष्ट मैदानमा खेलाइने सम्भावना पनि उत्तिकै छ । लिगका लागि आयोजकले दुई वा तीन वटा मैदानलाई तोक्ने भएको छ ।

नयाँ योजना अनुसार हरेक तीन दिनमा खेल हुनेछ । यसका लागि बेलायत सरकारले पनि स्वकृती दिनुपर्नेछ । खेलहरु थोरै रंगशालामा खेलाउँदा मेडिकल र अन्य सुरक्षाका लागि सजिलो हुने आयोजकको अपेक्षा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस