प्रदेश–२ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुँदै

काठमाडौं । प्रदेश–२ को स्थायी राजधानी र नामाकरणको लागि आज प्रदेशसभामा मतदान हुँदैछ । विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन् ।

तर पछि गएर समितिको बैठकमा नेपाली कांग्रेस र नेकपाले आ–आफ्नो प्रस्तावमा लचकता देखाउँदै आफुले प्रस्ताव गरेको नाममा मधेश जोडन सहमत भएतापनि सत्तापक्षको अडान कायम नै रहेपछि समितिमा प्रदेशको नाममा सहमति जुटन सकेको छैन् ।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ ।नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ ।

प्रदेश २ मा सत्तासीन समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र नेपाल संघिय समाजवादी पार्टीका एकजना प्रदेशसभा सदस्य छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तीमा ७१ मत आवश्यक पर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस