प्रदेश–२ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुँदै

काठमाडौं । प्रदेश–२ को स्थायी राजधानी र नामाकरणको लागि आज प्रदेशसभामा मतदान हुँदैछ । विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन् ।

तर पछि गएर समितिको बैठकमा नेपाली कांग्रेस र नेकपाले आ–आफ्नो प्रस्तावमा लचकता देखाउँदै आफुले प्रस्ताव गरेको नाममा मधेश जोडन सहमत भएतापनि सत्तापक्षको अडान कायम नै रहेपछि समितिमा प्रदेशको नाममा सहमति जुटन सकेको छैन् ।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ ।नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ ।

प्रदेश २ मा सत्तासीन समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र नेपाल संघिय समाजवादी पार्टीका एकजना प्रदेशसभा सदस्य छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तीमा ७१ मत आवश्यक पर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य