ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

चितवन । भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र  ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य