खीर बेचेर मासिक दुई लाख रुपैंयाँसम्म आम्दानी

अमरगढी । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन् । ‘खीर बाजे’का नामले परिचित देउवा मासिक रु एकददेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन् । ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उहाँ अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए ।

सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ  ।उनले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताए ।

खीर व्यवसायबाटै लाखाँ रुपैंयाँ आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै बुबाललाई सघाउँदै आइरहेका छन् । भीमदत्त राजमार्गमा यातायात सञ्चालन शुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन खीर पसल स्थापना भएका छन् ।

प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ । आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस