वरिष्ठ साहित्यकार डीपी भण्डारीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ । ८५ वर्षीय प्राध्यापक भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिबार बिहान ११ः४५ मा निधन भएको अस्पतालका निर्देशक अनिल ओड्युभिलले  जानकारी दिए ।

भण्डारीले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका थिए । उनले राष्ट्रिय अंग्रेजी तथा नेपाली दैनिक पत्रिकामा थुपै लेखहरु लेखेका छन् । साथै उनका थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन् । भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार गरिने साहित्यकार हेमन्त विवशले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य