एनआइसी एसिया बैंकको ‘जति धेरै स्क्यान र पे त्यति धेरै पैसा’ योजना

काठमाडौं । एनआइसी एशिया बैंकले ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना ल्याएको छ । यो योजना अवधिभरि बैंकका मर्चेन्टले पन्ध्र हजार रुपैयाँसम्म र ग्राहकले १५ सयसम्म नगद प्राप्त गर्नसक्छन् ।

साथै, ‘लक्की ड्र’ मार्फत पाँच जना मर्चेन्टहरूले एक वर्षको लागि निःशूल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्छन् । यो योजना अन्तर्गत ग्राहक तथा मर्चेन्टले शनिबारदेखि एक महिनासम्म मोबाइल बैंकिङ मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ ।

बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ । आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस्ता योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पुर्याउने बैंकको विश्वास छ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङ सेवा रहको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य