एजेन्सी । हलिउड नायक टोम हान्क्स र उनकी पत्नी रीता विल्सनलाई कोरोना संक्रमण देखिएको छ । उनीहरु आफैले बुधबार बेलुकी यो कुराको जानकारी गराएका छन् । उनीहरुले जनतालाई कोरोना भाइरसको बिषयमा सचेत रहन र ध्यान दिनका लागि आग्रह गरेका छन् । अहिले यो जोडी अष्ट्रेलियामा छन् ।
उनीहरुले परिक्षण गर्नु अगाडि शरीर दुख्ने, जाडो हुने लक्षण महशुश गरेका थिए । यसपछि, उनीहरुले परिक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
तपाईंको प्रतिकृया




