काेराेनाकाे सङ्क्रमण राेक्न नेपाल-भारत सीमामा हेल्थ डेस्क

झापा । दक्षिणी झापाको नेपाल-भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड-१९) स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सहायता कक्षको शुभारम्भ गरे । उनले भाइरसको जोखिम बढ्न नदिन सबैलाई सचेत रहन र सरसफाइमा ध्यान दिन आग्रह गरे  ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए । यस कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  भारतले पनि डिगल बैंकमा कक्ष स्थापना गरिसकेको जनाइएको छ ।

भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदान-प्रदान समेत गरेका छन् ।  उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री