नेपालसहित १४ मुलुकबाट कतार प्रवेशमा प्रतिबन्ध

काठमाडाैँ । कतारले नेपालसहित १४ मुलुकबाट हुने प्रवेशमा प्रतिबन्ध लगाएको छ। कतार सरकारले आइतबार कोरोना भाइरस (कोभिड-१९) को सङ्‌क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै १४ मुलुकबाट कतारमा प्रवेश गर्न अस्थायी रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कतारले प्रवेश प्रतिबन्ध लगाइएका मुलुकमा नेपाल, बंगलादेश, चीन इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्‌का, सिरिया र थाइल्यान्ड रहेका छन्। आज (मार्च ९) बाट कार्यान्वयनमा आउने उक्त निर्णय यी मुलुकबाट कतारमा काम गर्न वा भ्रमणका लागि प्रवेश गर्ने जाेकाेही व्यक्तिका साथै कतारमा ट्रान्जिट भएर यात्रा गर्ने यात्रुका लागिसमेत लागू हुने जनाइएको छ।

यसअघि कतार एयरवेजले इटालीमा हुने दुईतर्फी उडान बन्द गरिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री