कैलासलाई प्राप्ति पश्चात प्राइम बैंकद्वारा फागुन २९ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्शियल बैंकले कैलास विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ ।

सो सम्बन्धि दुई संस्थाबीच गत पुस ३ गते बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीको छाता संगठन नेपाल विद्युतीय व्यवसायी …

प्रतिकृया दिनुहॊस