काठमाडौं । सडक विभागले चक्रपथको कोटेश्वर कंलकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ । चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाउन पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभरको योजना ल्याएको हो ।
कोटेश्वरदेखि कंलकीसम्म चक्रपथको ललितपुर खण्ड पर्ने मुख्य चोकहरु ग्वार्को, सातदोबाटो, एकान्तकुना वा बल्खुमा फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताए ।
यस सडक खण्ड निर्माण गर्ने क्रममा चिनियाँ सरकारले कंलकीमा अन्डरपास निर्माण सम्पन्न गरेपछि त्यहाँ हुने ट्राफिक जाम हटेको छ भने अन्य स्थानमा ज्युँको त्युँ छ । उपत्यकाको मुख्य नाकाका रुपमा रहेको नागढुंगा हुँदैं कंलकीमा सवारी चाप परी घण्टौं जाम पर्ने गथ्र्यो ।
प्रतिकृया दिनुहॊस