सुनको मूल्यमा आइतबार स्थिर

काठमाडौं । सुनको मूल्यमा आइतबार स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य साताको पहिलो दिन यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य यथावत् हुँदा तेजावी सुनको मूल्य पनि प्रतितोला ८२ हजार २ सय रुपैयाँमा यथावत छ । आइतबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री