गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडाैँ । गुराँस लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा इन्स्योरेन्सको आज फागुन २२ गते हकप्रदमा शेयर मुल्य समायोजन भएको हो ।

कम्पनीको शेयरमूल्य समायोजन भई प्रतिकित्ता ४५० रुपैया  कायम भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले  ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने लागेको हो । कम्पनीले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि फागुन २२ गतेदेखि  बुकक्लोज गरेको थियो ।

बुकक्लोजसंगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । गत फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको  शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री