गोरखा । गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौं ल्याउने तयारी भईरहेको समेत प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया



