प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा नै हुनेछ ।प्रत्याराेपणका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।

प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले नियमित डायलासिस गराउदै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री