प्रदेश १ को संसद् बैठक आज बस्ने

काठमाडौं । प्रदेश १ को संसद् बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको मुख्य कार्यसूची प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन  र कार्य व्यवस्था परामर्श समिति निर्माण गर्ने भएको छ ।

अन्तरिम कार्यविधिमा कार्यव्यवस्था परामर्श समिति बढीमा ११ सदस्यीय हुने उल्लेख छ । संसदमा भएका सबै दलबाट १–१ जना अनिवार्य सहभागी हुनेगरी यो समिति गठन गर्नुपर्ने प्रावधान छ ।

प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिमा भने दलहरुको सहमतिमा आवश्यकता अनुसार सदस्य राख्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री