गाडीको ठक्करबाट एकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुली । विपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका ७ तल्लो बारामा सोमबार विहानै गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठलाई ठक्कर दिएर गाडी फरार भए पछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन । जल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान ५ बजे गाडीले ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको थियो ।

ठक्कर दिने गाडीको पहिचान नभएपछि स्थानीयले सडक अवरुद्ध गरेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री