बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

म्याग्दी । बेनी–जोमसोम सडकमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको हो ।

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्ड सडक स्तरोन्नति तथा विस्तारका लागि दैनिक ८ घण्टा बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए । बेनीदेखि जोमसोम सम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनता समाजवादी पार्टी राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता

पार्टी अध्यक्ष उपेन्द्र यादव विदेशमै रहेका वेला भएको सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालको विभाजनलाई …

प्रतिकृया दिनुहॊस