आईसीसी नयाँ महिला टी-२० वरीयता : नेपालबाट २ खेलाडीले स्थान बनाए

काठमाण्डाै । आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट २ महिला खेलाडीले स्थान बनाएका छन । जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् ।

यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले कुल तीन सय १२ पोइन्ट प्राप्त गरेकी छिन् । टिमको वरीयतामा नेपाल १४ औँ स्थानमा छ ।नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, पीएनजी, यूएई र केन्या रहेका छन ।

नेपालकाे २० खेलमा दुई हजार पाँच सय ७६ अंकसहित १ सय २९ रेटिङ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस