दुर्घटना न्युनिकरणका लागि चालकसँग चिया

रौतहट । रौतहट प्रहरीले दुर्घटना न्युनिकरणका लागि चालकसँग चिया कार्यक्रम अघि सारेको छ । रातीको समयमा सञ्चालन हुने सवारी साधन केही समय रोकेर आराम गर्न लगाई चालकलाई चिया खुवाउने कार्यक्रम रौतहट प्रहरीले अघि सारेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा चन्द्रपुर नगरपालिकाको बागमतीमा चालकसँग चिया कार्यक्रम गरिएको छ । लामो दुरीमा सवारी साधन चलाउँदा चालक निदाउनाले दुर्घटना बढेको भन्दै यो कार्यक्रम अघि सारेको प्रहरीले जनाएको छ ।

दुर्घटना न्युनिकरणका लागि केही बेर चालकलाई सवारी साधन रोक्न लगाई आरामका साथ चिया खुवाएर गन्तव्यतर्फ जान अनुरोध गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख शैलेश न्यौपानेले जानकारी दिए । चिया खुवाउँदाको समयमा ट्राफिक प्रहरी र चालकबीच ट्राफिक ज्ञानबारे सिकाउनु सराहनीय रहेको रात्रीबस सेवाका चालक रमेश थापाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस