काठमाडौं । सरकारले काठमाडौंका सडक पेटीमा बस्ने ६८० जनाको उद्धार गरेको जनाएको छ । काठमाडौं महानगरपालिका सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले दिएको जानकारीअनुसार महानगरको सहयोगमा मानव सेवा आरुमले महानगरभित्रका ५६१ जना पुरुष, १०३ जना महिला, ३ जना बालबालिका र १३ जना बालकको उद्धार गरेको उनले जानकारी गराइन् ।
तीमध्ये ५४२ जनालाई परिवारकै जिम्मा लगाइएको छ भने बाँकी आश्रममा राखिएको छ । आश्रममा राखेकामध्ये २० जना पुरुष र ३ जना महिला भने भागेको बताइएको छ । गत मंसिर २५ गते महानगर दिवसमा काठमाडौं महानगरले काठमाडौं सडक मानवमुक्त घोषणा गरेको भए पनि अझै पनि सडकमानव मुक्त भइसकेको भने छैन ।
तपाईंको प्रतिकृया




