काठमाडौं । ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको पत्नीको हत्या उनको घरमा काम गर्ने विजय चौधरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको छ ।
कार्की बिहान सानेपास्थित आफ्नै निवासबाट मन्दिर गएर फर्कँदा पत्नी मुना अचेत अवस्थामा भेटिएकी थिइन् भने उनको घरमा काम गर्ने विजय चौधरी मृत भेटिएका थिए ।
अचेत अवस्थामा रहेकी कार्कीकी पत्नी मुनाको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




